अश्लिल कन्दमूल भेटियो


केही समय पहिले बेलायतमा
पुरुषको गुप्तांगको आकारको स्ट्रबेरी फलेको समाचारले तहल्का मच्चाएको थियो । अहिले फेरि चीनमा निर्वस्त्र पुरुषको आकारको कन्दमूल फेला परेपछि अर्को तरंग पैदा भएको छ ।
चीनमा परम्परागत औषधिको रुपमा प्रयोग गरिने नटविड नामक कन्दमूल फेला परेको हो । दानयांग प्रान्तमा यस्तो निर्वस्त्र मानव स्वरुपको कन्दमूल फेला पर्यो । नयाँ भवन बनाउनका लागि जग खन्दै गर्दा त्यहाँका रुख तथा झारपात उखेलेर फाल्दा मजदुरहरुले यस्तो कन्दमूल फेला पारे ।
साढे ३ किलोको उक्त कन्दमूलमा ४ वटा हातखुट्टा छन्, टाउको जस्तै आकृतिका साथै गुप्तांगको आकृति पनि विद्यमान छ । चिनिया भाषामा हे शु उ भनिने उक्त कन्दमूल यौनवर्धक औषधिको रुपमा प्रयोग हुने गर्छ । यौन बर्धक कन्दमूल निर्वस्त्र मानव स्वरुपमा फेला परेपछि अझ बढि रोचकता थपिएको हो ।



No comments:

Post a Comment