हजुरआमाले जन्माइन् जुम्ल्याहा नातिनी


आमाले जुम्ल्याहा बच्चा पाएको कुरा
त सुनिएको तथा देखिएकै हो । तर हजुरआमाले नाति नातिनी जन्माएको कुरा सुन्नुभएको छ रु अमेरिकामा एक महिलाले जुम्ल्याहा नातिनी जन्माएकी छिन् ।

अमेरिकाको इओआकी सुसी कोजीसेकले जुम्ल्याहा नातिनी पाएको समाचार सार्वजनिक भएको छ । ५३ वर्षकी ती महिलाले जन्माएको सन्तान उनकै छोरी पो हुनुपर्ने, कसरी नातिनी भयो रु भन्ने प्रश्न उठ्छ । जैविक रुपमा उनले जन्माएका जुम्ल्याहा उनका छोरी भएपनि उनले आफ्नी छोरीका लागि ती दुइ बच्ची ह्याड्ली र ह्याली पाइदिएकी हुनाले उनका लागि ती नातिनी भए । गत जुलाई पन्ध्रमा उनले जुम्ल्याहा नातिनी पाएकी हुन् ।

छोरी एसले लार्किनले रोगका कारण बच्चा जन्माउन नसक्ने अवस्था भएकाले उनले ज्वाइँको गर्भ बोकेर छोरी ज्वाइँका लागि बच्चा जन्माइदिइन् । ५३ वर्षमा बच्चा जन्माउन सक्नु आफैमा चमत्कार भएको सुसीको भनाइ छ । छोरी ज्वाइँका लागि नातिनी पाइदिन पाउँदा उनी निकै खुसी छिन् । स्मरण रहोस् ती हजुरआमाले सन् २०११ मा पनि छोरीका लागि जेठी नातिनी पाइदिएकी थिइन् ।



No comments:

Post a Comment