विश्वको सबैभन्दा तिब्र गतिको वायरलेस



दक्षिण कोरियाको मोबाइल अपरेटर कम्पनी
एस के टेलिकम कम्पनीले विश्वको अहिलेसम्मकै सबैभन्दा तिव्रगतिको वायरलेस नेटवर्क सार्वजनिक गरेको छ । एलटिइ एडभान्स नेटवर्क नाम दिइएको उक्त वायरलेस नेटवर्क फोर जी नेटवर्कको नयाँ संस्करण सिओलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । यो नेटवर्क फोर जी भन्दा दोब्बर छिटो तथा थ्री जी सेवा भन्दा १० गुणा तिब्र गतिको रहेको दाबी कम्पनीको छ ।


यो नेटवर्कमा डाटा ट्रान्सफरको गति १५० मेगामाइट प्रतिसेकेण्ड हुनेछ यसको अर्थ ८०० मेगाबाइटको फिल्म केवल ४३ सेकेण्डमै डाउनलोड गर्न सकिनेछ । सुरुमा यो सेवा दक्षिण कोरियाको सिओल र आसपासका क्षेत्रमा मात्र उपलब्ध हुने र सामसुङ ग्यालेक्सी एस फोर स्मार्टफोनमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।




ताररहित वायरलेस सेवा एल टी इ अर्थात् लंग टर्म इभोलुसनको चौथो पुस्ता अर्थात् फोर जी को तिब्र गतिमा विकाश भैरहेको दक्षिण कोरियामा मोबाइल प्रयोगकर्ताको तिव्र इन्टरनेट सेवाको चाहनालाई सम्बोधन गर्न पछिल्लो तिब्र गतिको वायरलेस सेवा सार्वजनिक गरिएको हो । यो एलटिइ नेटवर्क यो वर्षको अन्त्यसम्ममा विश्वका ८७ देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment