एसएलसी परिक्षाको नतिजा आज


परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले गएको चैतमा लिएको एसएलसी परीक्षाको परीक्षाफल

आज प्रकाशन गर्ने तयारी गरेको छ ।
परिक्षाफल प्रकाशनकै तयारीका क्रममा आज बिहान ११ बजे शिक्षा मन्त्रालयका सचिव  अध्यक्ष रहने गरि बनाइएको परीक्षा सञ्चालन समितिको बैठक पनि राखिएको छ । परिक्षाफल प्रकाशनका लागि कम्प्युटरमा तथ्याङ्क प्रशोधनकोकाम अन्तिम चरणमा चलि रहेको र सके सम्म आजै परिक्षाफल प्रकाशन गर्ने गरि तयारी भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । आफूसमेत गोप्य शाखाका प्राविधिक काममा जुटिरहेको जानकारी दिदै परीक्षाफल सकेसम्म दिउसै सार्वजनिक गरिने बताउनु भयो ।
गएको बर्ष भएको एसएलसी परीक्षामा पँच लाख ४७ हजार परीक्षार्थी सहभागी भएका छन् । यस वर्ष चैत्र २ देखि ९ गते सम्म चलेको एस एल सी परीक्षामा चितवनबाट नियमित तर्फ १० हजार ४ सय ७६ र आंशिक तर्फ १ हजार ८ सय गरी १२ हजार २ सय ७६ परिक्षार्थीले  परिक्षामा सहभागी जनाएका थिए । चितवनबाट २ जना छात्रा सहित ३ जना दृष्टिविहिन विद्यार्थी पनि परिक्षामा सहभागि भएका  थिए । यसैबीच ,नेपाल टेलिकमले एक सुचना जारी गरी एसएलसी परिक्षाको नतिजा सार्बजनिक भएपछि नतिजा थाहा पाउन सकिने बिभिन्न ब्यवस्था बारे जानकारी दिएको छ ।
ईन्टरनेट वेभसाईटको धधध।कअि।लतअ।लभत।लउ मार्फत एस एल सीको नजिजा हेर्न सकिने टेलिकमले जनाएको छ । साधारण टेलिफोनबाटबाट १६०० डायल गरि दिइएको निर्देशन बमोजिम नजिता थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।यस्तै नेपाल टेलिकमको सिम प्रयोगभएका मोबाईलबाट एलएलसी स्पेश सिम्बोल नम्बर र अल्फाबेट टाईप गरि १४०० मा एस एम एम गरेर पनि परिक्षाफल थाहा पाउन सकिने जनाएको छ ।


एसएलसी परिक्षाको नतिजा हेर्न

यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment