तीन वर्षपछि भेटियो लोग्नेले काटिदिएको

३ वर्षसम्म बिना नाक बाँच्न विवश
एक इण्डोनेसियाली महिलाले अन्ततः नाक प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको व्यवस्था गरिदिएका हुन् ।

ओस्कार विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् । ३० वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।

उनको यो दुखद कहानीलाई अन्त्य गर्दै कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।

वास्तवमा गिलिजको काम नै फिल्ममा कलाकारहरुलाई विचित्र रुप दिनका लागि कृत्रिम अंग बनाउनु थियो । उनले फिल्ममा मात्र नभएर साँच्चीकै एक महिलाको लागि कृत्रिम नाक बनाएर जडान गरिदिए र नयाँ जिन्दगी दिए । आफ्नो यो कामका लागि गिलिज पनि निकै खुसी छन् ।

कलाकारले बनाइदिएको उक्त नाक ती महिलाले आफै लगाउन र फुकाल्न सक्छिन् ।

No comments:

Post a Comment