विश्वको सबैभन्दा तिब्र गतिको मोबाइल फोन

स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल
वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।

हुवावेको एक्सेण्ड पि टू मा ४।७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।

चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न ।

सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।

No comments:

Post a Comment