कानुन बनाउनेहरुकै अगाडि लुगा खोले


 अमेरिकाको एउटा सहरमा कानुन बनाउनेहरुको बैठक बस्दै गर्दा अचानक
सबै लुगा खोलेकी महिला चिच्याउँदै आएपछि सुरक्षाकर्मीहरुलाई स्थिति नियन्त्रणमा लिन कम्ता गाह्रो भएन।


सान फ्रान्सिस्को सिटी हलमा लगत्तै एकपछि अर्को गर्दै आधा दर्जन पुरुष र महिला पनि लुगा खोलेर प्रदर्शनमा उत्रिए। उनीहरुको जिउ छोप्न सुरक्षाकर्मीहरु दौडादौड गरिरहेको मौकामा त्यहाँ रहेका दर्शकहरु भने क्यामेरा निकाल्दै यो दृश्य खिच्न थाले।

अर्को वर्षको फेब्रुअरी महिनादेखि त्यहाँका अधिकांश सार्वजनिक स्थलमा नग्न हिँड्न नपाउने प्रस्तावित कानुनको विरोधमा उनीहरु यसरी उत्रिएका रहेछन्। नयाँ कानुन लागू भएमा महोत्सव, पर्वहरुमा र समुद्र छेउका निर्धारित स्थानमा मात्र नाङ्गै हुन अनुमति दिइनेछ । नियम उल्लङ्घन गरे जरिवाना र धेरै पटक अटेर गरे जेलसमेत हाल्न सकिनेछ।

शरीर स्वतन्त्रताको नारा लगाउँदै उनीहरुले यसरी विरोध प्रदर्शन गरे पनि बोर्डले ५ का विरुद्ध ६ मतले यो कानुन पास गरेरै छाड्यो। अब नयाँ कानुन अनुसार पहिलो पटक कानुन उल्लङ्घन गर्नेलाई १०० डलर, दोस्रो पटकलाई २०० डलर जरिवाना तिराइनेछ। तेस्रो पटक त्यस्तै गरे ५०० डलर जरिवानासहित एक वर्षसम्म जेलको सजाय हुनसक्नेछ।




No comments:

Post a Comment