टुविटरलाई फेसबुक अकाउण्टसँग कसरी जोड्ने ?








फेसबुक र ट्विटर दुइ मुख्य तथा लोकप्रिय सामाजिक संजाल हुन् ।
सामाजिक संजालमा रमाउन चाहनेमध्ये धेरैले फेसबुक र ट्विटर दुबैमा खाता खोलेकै हुन्छन् । खासगरी युवाहरुका बीच पछिल्लो समय ट्विटर आफ्नो कुरालाई सटिक ढंगले राख्ने माध्यमको रुपमा लोकप्रियता हासिल गरिरहेको छ, जबकी फेसबुकले पहिलेदेखिनै प्रसिद्धि पाएकै हो । यसरी फेसबुक र ट्विटर दुबैमा अकाउण्ट खोलेर बढिभन्दा बढि साथीहरुमाझ आफुलाई पूराउन युवापुस्ता लालायित छन् । अझ ट्विटर र फेसबुक दुबै अकाउण्टलाई एक आपसामा आबद्ध गर्न सकिने कारणले गर्दा सामाजिक संजालमा आफुलाई व्याप्त बनाउन युवायुवतीहरुलाई सजिलो भएको छ । आफ्नो ट्विटर र फेसबुक अकाउण्टलाई जोडेपछि तपाइँले ट्विटरमा ट्विट गरेका कुरा तपाइँको फेसबुक अकाउण्टमा पनि शेयर हुन्छन् । 


 कसरी गर्ने ट्विटरलाई फेसबुकसँग कनेक्ट रु

· आफ्नो ट्विटर अकाउण्ट खोल्नुहोस् र प्रोफाइल सेटिङ पेजमा जानुहोस्

· प्रोफाइल सेटिङ पेजमा गएर पोस्ट अन फेसबुक नामक अप्सन छान्नुहोस्












  फेसबुक अप्सनमा क्लिक गरेसँगै तपाइसामु फेसबुक लगइन अप्सन आउनेछ, जसमा तपाइँले आफ्नो फेसबुक युजर आइडी तथा पासवर्ड हाल्नुहोस्

· यदि तपाइँले फेसबुक लगइन गरिसक्नुभएको छ भने केवल कनेक्ट अप्सनमा क्लिक गर्दा हुन्छ





फेसबुकमा ट्विटरको अनुमति लाई स्विकृति दिनुहोस् अर्थात् एलाओ अप्सनमा क्लिक गर्नुहोस् ।



तपाइँले आफ्नो ट्विटर अकाउण्टमा गरेको जुनसुकै ट्विट तपाइँको फेसबुक वालमा शेयर हुनेछ ।

No comments:

Post a Comment