विश्वको सबैभन्दा ठूलो थान्का

 विश्वशान्ति र एकताको लागि विश्वको सबैभन्दा ठूलो थान्का
काठमाडौंको दशरथ रंगशालामा निःशुल्क प्रदर्शन गरिएको थियोे। गौतम बुद्धको जीवनीमा आधारित थान्काको तौल १९ सय पाँच किलो रहेको संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले बताए। ८ वर्ष लगाएर १६ देशका १० हजारभन्दा बढी स्वयमसेवकहरुले जापानमा थान्काको निर्माण गरेका हुन्। थान्काको लम्बाई ७० मिटर र चौडाई ५० मिटर रहेको छ। विश्वको ध्यान बुद्ध जन्मेको देश नेपालमा आकर्षण गर्न पर्यटक बृद्धि गर्नको लागि नेपालमा यसको प्रदर्शन गर्न लागिएको नेपाल बौद्ध धर्म संरक्षण समितिले बताएको छ। थान्का प्रदर्शनको उद्घाटन प्रधानमन्त्री बाबुराम भट्टराइले गर्ने कार्यक्रम रहेको छ। थान्कालाई काठमाडौंमा दुईदिनसम्म प्रदर्शन गरिने छ। नेपाल बौद्ध धर्म संरक्षण समितिको आयोजनामा जापानका २१ नेटवर्कको सहभागितामा प्रदर्शन गर्न लागिएको छ।






No comments:

Post a Comment