एक वर्षकी बालिकाले बच्चा जन्माइन्


सुन्दै आश्चर्यमा पर्नुहुन्छ होला
तपाई, एकवर्षकी बालिका गर्भवती भएको यो घटनाले । तपाई जस्तै आश्चर्यमा पारेको थियो, यो समाचार लेख्नेलाई पनि यो समाचारले । तर समाचार सत्य भएपछि पत्याउनै करै लागेको छ ।

तर यो समाचार भित्रको रहस्य भने अलिकति फरक छ । घटना चीनको हो । विश्वकै ठुलो देश चिनमा घटना भनि विश्वमै नभेटिने दर्लभ घटिरहेका छन् ।

चीनमा एक बालिकाको पेट दिनप्रति दिन ठुलो हुँदै गयो । केही समयसम्म केही रोगले होला भनेर बसेका बालिकाका बाबा आमा त्यतिखेर आत्तिए जतिखेर बालिकाको पेट गर्भवती महिलाको जस्तै ठुलो भयो र पेटभित्र बच्चा भएजस्तो लाग्यो । अनि आत्तिएका बालिकाको परिवारले उनिलाई अस्पताल लग्यो र परिक्षण गर्यो ।

डाक्टरहरु परिक्षण पछि आश्चर्यमा परे । घटना सुनेपछि बालिकाको परिवार र सिँगै चिन आश्चर्यमा पर्यो । कारण बालिकाको पेटमा बच्चा हुर्किरहेको भेटियो । तर घटना भने अलिकति रहस्यको रहेछ । चिकित्सकहरुका अनुसार बालिका गर्भवती भएको घटना सत्य हो । तर उनि कसैको सहवासबाट गर्भवती भएको भने होइन ।

चिकित्सकहरुका अनुसार बालिकाको गर्भमा अरु कोही नभएर उसको जम्लिएको भाइ बसेको थियो । बालिका आमाको गर्भमा हुँदा आमाको अर्को भ्रुण रहन जाँदा बालिकाको पेटमा त्यो भ्रुण पर्नगई बालिकाको पेटमा भाइ हुर्र्किएका थिए । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । यो घटना संभवत विश्वकै नौलो भएको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले सुरक्षित रुपमा बालिकाको पेटबाट भ्रूणलाई बाहिर निकालेको छ । साथै बालिकाको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

No comments:

Post a Comment