लोग्नेलाई मारेर मासु पकाइन्


मान्छे कतिसम्म निर्दयी
बन्न सकेको हँ रु चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् ।अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उसको जिउलाई पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो ।ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहेछिन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् । प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकुरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै । लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन ।

No comments:

Post a Comment