बिना तार चार्ज हुने गुगल नेक्सस


गगलले आफ्नो ट्याबलेट नेक्सस ७ को नयाँ संस्करण
लञ्च गरेको छ । यो ट्याबलेट तार नजोडीकन चार्ज हुनेछ ।
यो उपकरण बुधबार सनफ्रान्सिस्कोमा भएको कार्यक्रममा सार्वजनिक गरिएको हो । बेलायती बजारमा यो क्रिसमसअघि उपलव्ध हुनेछ । नेक्सस ७ आफ्नो पूर्ववर्ती ट्याबलेटभन्दा बढी स्लीम र हल्का छ । साथै यसमा तीब्र गतिको इन्टरनेटका लागि ४जी प्रविधिको विकल्प हो । ट्याबलेटको दुई मोडल मात्र वाइफाईमा चल्नेछ । यो गुगल एन्ड्रोयडको जैलीबीन ४।३ भर्सनमा चल्ने पहिलो ट्याबलेट हुनेछ ।
सार्वजनिक कार्यक्रमका क्रममा गुगलका इन्ड्रोयड उत्पादनका उपाध्यक्ष हुगो बार्राले भने–नेक्सस ७ बजारमा हिट थियो । हामी यसैको सफलता अघि बढाउने कोशिस गरिरहेका छौ । पहिलो पुस्ताको ट्याबलेटमा महत्वपूर्ण अपडेट गरिएको छ ।स्क्रीन रेज्युलेशन बढाइएको छ, पिक्सल दोब्बरबाट पनि बढी गरिएको छ । ३२३ पिक्सलप्रति इञ्चको रेज्युलेशनका साथ यो संसारको सबैभन्दा बढी रेज्युलेशन स्क्रीन भएको ट्याबलेट हुनेछ ।
ट्याबलेटमा ५ मेगापिक्सलको मुख्य क्यामेरा र १।२ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि हुनेछ । अमेरिकामा १६ जीबी ट्याबलेटको मूल्य २२९ डलर र ३२ जीबी बराबरको मूल्य २६९ डलर हुनेछ ।
नयाँ नेक्सस ट्याबलेटको ब्याट्री पनि बढी चल्नेछ । गुगलका अनुसार यो ट्याबलेट एक पटक चार्ज गरेपछि ९ घण्टासम्म भिडियो हेर्न सकिनेछ । या दश घण्टासम्म इन्टरनेट ब्राउजिङ गर्न सकिनेछ । एन्ड्रोयड भर्सन ४।३ अनुसार बच्चाले स्टोरबाट एप्लिकेशन खरिद गर्न रोक्ने विकल्प पनि हुनेछ ।
सात इञ्च हाई डेफिनेशन स्क्रीन भएको यो ट्याबलेटमा भर्चुअल सराउन्ड साउन्डको अनुभूति गराउने स्पीकर लगाइएको छ । अमेरिकामा ट्याबलेटको वाइफाइ भर्सन ३० जुलाईमा बजारमा आउनेछ । र, यसको अर्को साता यो फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र अन्य मुलुकमा सार्वजनिक गरिनेछ ।

No comments:

Post a Comment