किशोरीसँग यौन सम्बन्ध राखेको आरोपमा


अठार वर्षभन्दा कम उमेरकी किशोरीलाई
पैसा तिरेर यौन सम्बन्ध राखेको आरोप लागेका फ्रान्सका २ जना फुटबल खेलाडीमाथि छानबिन हुने भएको छ ।
जर्मनीको बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका फ्रयाङ्क रिवेरी र स्पेनिस क्लव रियल म्याड्रिडबाट खेल्दै आएका करिम बेन्जिमामाथि पेरिसमा छानबिन हुन लागेको हो । छानबिनका लागि यी दुई खेलाडीले पेरिसमा उपस्थित हुनु पर्ने छ ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप अघि उनीहरुले पैसा तिरेर यौन सम्बन्ध राखेकी जाहिया देहार त्यति बेला १८ वर्षभन्दा कम उमेरकी भएको आरोप छ ।
पेरिसको रेड लाइट एरियाबाट पक्राउ परेपछि उनीहरुले देहारलाई यौन सम्बन्धका लागि पैसा तिरेको आरोप लागेको थियो । तर दुवै खेलाडीले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
आफू १६ वर्षको हुँदा सन् २००८ मा बेन्जिमाले पैसा तिरेर यौन सम्बन्ध राखेको बताउँदै आएकी देहारका अनुसार रिबेरीले सन् २००९ मा उनी १७ वर्षको हुँदा यौन सम्बन्ध राखेका थिए । अल्जेरियामा जन्मेर पेरिसमा बस्दै आएकी देहार बेन्जिमा र रिबेरीसँग नाम जोडिएपछि फेसन डिजाइनर बनेकी छिन् ।
फ्रान्सका कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको युवतीसँग शारीरिक सम्बन्ध राख्नु गैरकानुनी हुन्छ र यसमा ३ वर्षको जेल सजायँका साथै ४५ हजार यूरो जरिवाना लाग्छ । बेन्जिमा र रिबेरी बाहेकका अरु ६ जनामाथि पनि यस्तै आरोपमा अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment