स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..



अमेरिकामा एक स्कुले छात्राले आफ्ना वक्षस्थल ठूला भएकै कारण
स्कुलको विशेष समारोहमा भाग लिनबाट बञ्चित हुनुपरेको छ । वासिंटनस्थित किटस्याप हाइस्कुलकी १८ वर्षी छात्रा ब्रिटानी मिन्डले आफ्नो बडेमाको छातिकै कारण स्कुलको विदाई समारोहमा नाच्ने धोको पूरा गर्न पाइनन् ।

लुगा साँघुरो भएर छातिको भाग धेरै देखिएको भन्दै स्कुलका कर्मचारीले उनलाई फर्काइदिए । हाइस्कुलको पढाइ सकिने वर्षहुने विशेष कार्यक्रम अर्थात प्रोममा भाग लिनका लागि आफ्ना ठूला वक्षस्थल छोपिने राम्रो फ्रक किन्न उनी क्यानडा सम्म पुगिन् । तर क्यानडाबाट ल्याएको वैजनी रंगको फ्रक लगाउँदा उनको छाति झनै कामूक देखियो र बढि छाति देखिएको भन्दै स्कुलका स्टाफले समारोहमा उनलाई नाच्न दिएनन् ।
स्कुलको नियम अनुसार केटीहरुले छाति तथा ढाडको भाग विद्यालयमा देखाउन मनाही छ । तर यो नियम आफ्नो हकमा अन्यायपर्ूण रहेको ब्रिटानी बताउँछिन् ।आफ्नो छाति प्राकृतिक रुपमै ठूलो भएकाले सामान्य खाले लुगा लगाउँदा स्वतः रुपमा अरुको भन्दा आफ्नो छातिको नांगो भाग बढि नै हुने उनको दाबी छ । छोरीलाई नाच्नबाट रोकिएको प्रति ब्रिटानीका बुवाआमा क्रुद्ध छन् र स्कुललाई सरापिरहेका छन् ।
द्दद्दद्दसबै महिला एकैनासे नहुने भन्दै ब्रिटानीकी आमाले गल्फको बल र अंगुरको गेडालाई एकै तुलोमा हाल्न नहुने बताइन् ।विचरा लाखौँ विन्ती पछि ब्रिटानीलाई पछौरीले छाति ढाकेर नाचगान समारोहमा छिर्न त दिइयो तर ब्रिटानीलाई निकै नरमाइलो लाग्नुका साथै आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनुभुति भयो । उनी एकैछिनमा समारोहस्थलबाट निस्किइन् र घरतिर लागिन् । त्यो अनुभव आफ्नो जिवनको सबैभन्दा तितो अनुभव भएको उनी बताउँछिन् ।

No comments:

Post a Comment