हाफ पाइन्टबाटै मोबाइल चार्ज !


अब हाफ पाइन्टबाटै मोबाइज चार्ज
हुने भएको छ । पत्यार नलाग्न सक्छ तर, यो वास्तविकता हो । बैज्ञानिकहरुले यस्तो हाप पाइन्ट र स्लिपिङ व्याग बनाएका छन्, जसले उर्जा प्राप्त गर्न सक्छ र चाहिएको बेला त्यसबाट तपाई फोन चार्ज गर्न सक्नु हुनेछ ।



यो कपडामा हिँड्दा निस्कने उर्जालाई इलेक्ट्रोनिक इनर्जीमा बदल्ने फेबरिक हुन्छ, जसले तपाईको स्मार्टफोन चार्ज गर्न पाउँछ । स्लिपिङ व्यागमा सुत्दा फोन चार्ज हुन्छ ।

मोबाइल फोन कम्पनी भोडाफोनले यूनिभर्सिटी अफ साउथहृयाम्पटनको सहयोगमा यस्तो प्रविधि बनाएको हो । परीक्षणका क्रममा यो हापपाइन्ट लगाएर दिनभर हिड्दा वा नाच्दा चार घण्टाका लागि फोन चार्ज गर्न पुग्छ भने स्लिपिङ ब्यागमा एक रात सुत्दा ११ घण्टासम्म चार्ज हुन्छ । हाल यो परीक्षणमै रहेकाले बजारमा भने उपलब्ध छैन ।

No comments:

Post a Comment