कति लामो कपाल ?

मान्छेका शोख पनि कस्ता कस्ता र ?
कसैलाई लामो नङ पाल्ने इच्छा हुन्छ । कतिलाई गठिलो जिउ बनाउने आकांक्षा । कतिलाई कपाल खौरिने इच्छा हुन्छ त कतिलाई दाह्री कपाल पाल्ने ।

चीनकी एक ४४ वर्षे महिलालाई पनि कपाल पाल्ने भुतले छोपेको छ । उनी ११ वर्षदेखि कपाल लामो बनाउने कसरतमा यसरी लागेकी छिन् की यसबीचमा उनको कपाल उनीभन्दा निकै लामो बनिसकेको छ । ५ फिट अग्ली सेन यिंगुआनको कपाल ६ फिट ७ इन्च लामो बनिसकेको छ ।

ग्वीगांगकीबासिन्दा सेन आफुले ११ वर्षदेखि कपालको खुबै स्याहर गरिरहेको र आफू कपालको निकै ठूलो शौखिन तथा अम्मली जस्तै बनेको बताउँछिन् । उनले योएघार वर्षमा कपालमा कैँची लाएकै छैनिन् । यस बीचमा आफै झरेका कपालका त्यान्द्रा भने जम्मा गरेर राखेकी छिन् ।

एक वर्षमा ५० ग्रामजति रौँ झर्दा रहेछन् । आफ्नो यो झरेको कपाल किन्नेको हानथाप हुने र २० हजार युआन सम्म पैसा तिर्ने मान्छे आउने उनी बताउँछिन् । उनको कपाल निख्खर कालो छ ।

उनलाई आफ्नो कपालको स्याहार सुसार र सफाइ गर्न कम्ता कठीन हुँदैन । निकै मिहिनेत गरेर एक घण्टा लगाएर धुनु पर्छ । धोएको कपाल सुक्न आधा दिन जसो लाग्छ । कपाललाई चम्किलो बनाउन बियरले नुहाउँछिन् रे उनी । आम्मै कस्तो शोख हो कपाल पाल्ने रु अनि कतिसम्म लामो भएको हो कपाल ?




No comments:

Post a Comment