पट्याएर बोक्न मिल्ने स्कुटर



सहरमा गाडिको संख्या बढेसँगै पार्किङ
गर्ने ठाउँको पनि अभाव हुँदैछ । जथाभावी पार्किङले सहर पनि कुरुप बनाउँदैछ । सायद यहीँ विश्वव्यापी समस्याको हल खोज्ने क्रममा हंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ ।

मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ ।

जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ ।

पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ ।

अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।




No comments:

Post a Comment