एप्ललको आइफोन ५ लाई कडा चुनौती...

बिश्वकै नम्बर एक मोबाइल ब्राण्डका रुपमा स्थापित
दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस(४ फोन बजारमा ल्याएको छ । यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण गर्न सकिन्छ ।
ग्यालेक्सी एस(४ को स्क्रीन ५ इन्च अर्थात १२ दशमलव ५ सेन्टिमिटर छ । न्यूयोर्कमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ग्यालेक्सी एस(४ बाट एकै पटक दुई तस्वीर खिच्न सकिन्छ । यो अप्रिलको अन्तिमसम्ममा बजारमा उपलब्ध हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस(४ उपलब्ध गराउने सामसुङले जनाएको छ ।
यसमा स्मार्ट पोज नामको एक विशेषता छ, जसमा तपाईले भिडियो हेर्दाहेर्दै आँखा अन्तै लैजानुभयो भने भिडियो आफैं रोकिने छ । स्मार्ट स्क्रोल सफ्टवेयर इमेल र अन्य विषय बस्तु  हेर्नका लागि उपभोक्ताको आँखा र पहुँचको विश्लेषण गर्छ ।
ग्यालेक्सी एस(४ मा पछाडीपट्टी १३ मेगाफिक्सलको क्यामेरा छ भने अगाडी २ मेगाफिक्सलको । यसको तौल १ सय ३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिटर मोटाइ छ । अर्थात यो ग्यालेक्सी एस(३ भन्दा हलुका र निकै पातलो पनि छ ।
बिक्रिका आधारमा यसअघि नै एप्पललाई चुनौती दिइसकेको सामसुङको एस(४ भर्सनले एप्ललको आइफोन ५ लाई कडा चुनौती दिँदै आम्दानीमा पनि उछिन्ने प्रबिधि बिश्लेषकहरुको अनुमान छ ।





No comments:

Post a Comment