पाको महिलाको बिषयमा चिन र जापान युद्ध

 चीन र जापान
परम्परागत प्रतिद्वन्दी हुन् । यी दुइ देशबीच सामुद्रिक क्षेत्र लगायतका विभिन्न विषयमा चर्को विवाद छ । तर पछिल्लो समय भने अर्को अनौठो लडाइँमा होमिएका छन् यी दुइ देश । विश्वको सबैभन्दा बुढो मानिस कुन देशमा छ रु भन्ने विषयमा चीन र जापानबीच विवाद चलेको हो ।
गएको डिसेम्बरमा जापानकी १ सय १५ वर्षे महिलालाई विश्वकै सबैभन्दा बढी उमेरको मान्छेको उपाधि गिनिज बुकले दिएसँगै चीनकी एक महिलाले त्यसलाई चुनौति दिँदै आफु विश्वको सबैभन्दा बुढी महिला भएको दाबी गरेकी छिन् ।व्क्ष्च्इभ्ःइल्(प्क्ष्ःग्च्ब्
गिनिज बुकले डिसेम्बरमा जापानकी १ सय १५ वर्षे जिरोएमोन किमुरालाई विश्वको सबैभन्दा जेठो मानिसको उपाधि दिएको थियो । त्यसलाई चुनौति दिँदै चिनकी लोउ मेजेनले आफु १ सय २७ वर्षकी भएकीले विश्वको जेठो मानिस आफु भएको दाबी गरेकी छिन् ।
समाचार अनुसार लोउले आफु १८८५ मा जन्मिएको दाबी गरेकी छिन् । चिनको बामा क्षेत्रकी लोउले यसको प्रमाण स्वरुप आफ्नो पूरानो परिचय पत्र प्रस्तुत गरेकी छिन् । तर सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन आएपछि मात्र उनी बसेको क्षेत्रमा क्षेत्रको जन्मदर्ता सुरु भएकाले उनको एकिन जन्म कहिले भएको हो भन्ने बारेमा एकिन गर्न नसकिएको बताइएको छ ।
गिनिज बुकले यस विषयमा कुनै टिप्पणी भने गरिसकेको छैन । हेरौँ बुढी आइमाइको यो लडाइँमा चीनले जापानलाई पछार्न सक्छ की सक्दैन रु

No comments:

Post a Comment