नजन्मिदै बच्चाले डाक्टरको हात समाए

अमेरिकाको एरिजोनाका रेन्डी एटकिंसले आफ्नो छोरी ‘नेवह’ जन्मदाको
एक तस्वीर क्रिसमसको दिन फेसबुकमा राखेको केहिबेरमा नै संसारभर फैलियो ।

नफैलियोस पनि किन, प्रसवको क्रममा नेवेहले आफ्नो नाजुक हातले डाक्टरको औला समाएकी थिइन । जतिबेला नेवेह गर्भमै थिइन र उनको हात मात्र बाहिर आएको थियो । सानी नानीको यस्तो कामले डाक्टरहरु समेत चकित भएका थिए ।

नेवेह अक्टोबर ९ मा जन्मिकी थिइन् । रेन्डी र उनकी श्रीमती एलिसियाले यो अश्यर्चजनक तस्वीर क्रिसमसको दिन फेसबुकमा राखेका थिए । डेलिमेलका अनुसार यो तस्वीर नेवेहका बाबु रेन्डीले आफ्नो क्यामरामा कैद गरेका हुन् । रेन्डीले भनेका छन्( डाक्टरले मलाई भने, बच्चाले मेरो हात समात्यो । त्यसपछि म दौडिएर गएँ, अनि तस्वीर लिएँ ।’ रेन्डीका श्रीमती एलिसिया व्यवसायीक फोटोग्राफर हुन् र उनीहरुको आफ्नो फोटो स्टुडियो समेत छ ।

यो समाचार तयार पर्दासम्म उक्त तस्वीर १३ हजार ७ सय ४० ले मनपराइसकेका छन् भने ८ हजार ३ सय ५० ले सेयर गरेका छन् । यसमा कमेन्ट गर्नेले पनि तस्वीर आश्चर्यजनक भएको बताएका छन् ।

No comments:

Post a Comment