एक पल्ट मोबाइल चार्ज १५ वर्ष ढुक्क

चाहिएको बेला मोबाइलमा ब्याट्री सकिँदा तपाईलाई लाग्दो हो,
यो ब्याट्री भन्ने चिज कहिल्यै नसकिए क्या काइदा हुन्थ्यो । यही समस्यालाई ध्यानमा राखेर एउटा कम्पनीले आफ्नो ‘बेसिक’ मोवाइलमा डबल ‘ए’ ब्याट्री लगाएर सामान्य तरिकाले प्रयोग गर्दा १५ बर्षसम्म चल्ने बनाएको छ ।

‘स्पेयर वन’ नामक यो मोबाइलमा फोनको पछाडितिर लगाइएको ब्याट्री तपाईले स्त्रिmनमा पनि महसुस गर्न सक्नुहुनेछ । यसका कारण स्क्रीनको केही भाग माथि उठेको छ । कम्पनीका अनुसार यस्तो प्रकारको ब्याट्री भएको मोबाइल जीएसएम नेटवर्कमा चल्छ ।

यति मात्र होइन, यो फोनबाट विनासिमकार्ड इमरजेन्सी फोन पनि गर्न सकिन्छ । यस्तो मोवाइललाई अमेरिकाको लस भेगासमा आयोजित एउटा अन्तराष्ट्रिय प्रदर्शनीमा प्रर्दशनमा ल्याइएको हो । ृउत्पादक कम्पनी ‘एक्पल पावर’का अनुसार यो मोवाइललाई अन्य समयमा अफ गरेर चाहिएको समयमा मात्र पनि प्रयोग गर्न सकिन्छ । यसको ब्याट्रीले तपाईलाई धोखा दिने छैन ।

यो मोवाइलबाट लगातार १० घन्टासम्म कुरा गर्न सकिने कम्पनीले दाबी गरेको छ । तथापि, जुन मोबाइलबाट यो ब्याट्री प्रयोग गर्ने हो त्यसमा धेरै आधारभूत सुविधा हुनुपर्छ । यसमा १० ओटा नम्बर मात्र ‘सेभ’ गर्न सकिन्छ । यसमा रहेका १० बटनमा एउटा(एउटा सेभ गर्न सकिन्छ ।

मोवाइलमा यस्तो ‘एप्लिकेसन’ राखिएको छ, जसबाट मोबाइल सजिलैसँग ट्रयाक गर्न सकिन्छ । यसको मतलब तपाईको मोवाइल को सँग छ भन्ने खबर तपाईले तुरुन्तै पाउन सक्नुहुन्छ । अमेरिकाभित्र प्रयोग गर्न यो मोबाइललाई १ सय डलर पर्ने छ भने बिश्वभर प्रयोगका लागि अलिक महंगो शुल्कमा फोन उपलब्ध हुने बताइएको छ । अन्य मोबाइलजस्तो यसमा धेरै नम्बरहरु सेभ गर्न नसकिने र म्यासेज लेख्न नसकिने कम्पनीले बताएको छ । 

No comments:

Post a Comment