अक्सफोर्ड ग्राजुएटको झुपडी

अक्सफोर्डबाट ग्राजुएट बेलायतकी एम्मा ओबिच
पछिल्लो १३ वर्षदेखि वेल्शहिलको जंगलमा माटोको झुपडीमा बस्दै आएकी छिन् । उनको तत्काल शहर बसाई सर्ने कुनै योजना पनि छैन् ।

५८ वषिर्या एमा आफ्नो गुजारा चलाउन खेती गर्छिन् र प्रकृतिको अध्ययन गरिरहेकी छिन् । सरकारसँग जमिनसम्वन्धी एक विवादपछि उनी पहाडमा गएर बस्न थालेकी हुन् ।

उनी बस्ने स्थानमा न त कुनै ग्याजेट छ न विद्युत नै । जब उनको छोरा उनलाई भेट्न जान्छन्, मोबाइल र ल्यापटप नल्याउन भन्छिन ।

उनको झुपडीमा तीन बाख्रा छन् भने ७ वटा कुखुरा र ३ वटा घोडा पालेकी छिन् । उनी जंगलबाट दाउरा ल्याएर खाना पकाउँछिन् र नहरबाट पिउने पानी ल्याउँछिन् । एम्मा शहरभन्दा जंगलको जीवननै राम्रो भएको सुनाउँछिन् ।






No comments:

Post a Comment