फेसबुकको भाइ नेपालमै जन्मियो



 फेसबुकको जस्तै सूविधासहितको पहिलो नेपाली समाजिक संजाल
मेरो पोष्ट डटकमको सुरुवात भएको छ । फेसबुककै सुविधा दिने भएकाले यसलाई फेसबुकको भाइ भने पनि फरक पर्दैन । काठमाण्डौंमा मंगलवार पत्रकार सम्मेलन गरी मेरोपोष्टका संस्थापक अध्यक्ष सुनिल चौलागाईंले दिएको जानकारी अनुसार दुई वर्षको लगातारको प्रयासबाट यसको सुरुआत गरिएको हो ।पत्रकार सम्मेलनमा चौलागाईंले भन्नुभयो सानो समयमै ठूलो सफलता चुमेको आधारमा प्रयोगकर्ताहरुको सुझाव अनुसार नै मेरो पोष्ट डटकम साचालन गरेका हौं ।
मेरोपोष्ट डटकममा प्रयोगकर्ताले नेपालीमा पोष्ट गर्नसक्ने एकै चोटी धेरै फोटो भिडियो र फाईल पोष्ट गर्न सकिने च्याट र च्याट रुम जस्ता ७ प्रकारका सिष्टमयुक्त व्यवस्था भएकाले यो सामाजिक संजालले नौलो आयाम ल्याउने दावी उहाँले गर्नुभयो ।व्यवस्थापक श्रयशंकर सिंहले भन्नुभयो अरु साईडहरु भन्दा फरक र नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनका लागि पनि मेरोपोष्ट डटकमको सुरु गरिएको हो । उहाँले भन्नु भयो  अहिले सबैले चलाईरहेको फेसबुक बन्द भयो भने पनि त्यसको ठाउँमा मेरोपोष्टले सुविधा दिने छ ।संजालका प्रवक्ता परिक्षित राणाले भन्नुभयो मेरो पोष्ट डटकमको सुविधाहरु र प्रयोग कुनै पनि अन्तर्राष्ट्रिय संजालभन्दा कम छैन । नेपालको सन्दर्भमा सामाजिक संजालहरु शिर्ष १ सयमा नपर्ने भएकाले मेरोपोष्ट डटकमले चाँडै नै टप लेभल घटाउने छ ।

No comments:

Post a Comment