Lubrication System लुब्रिकेसन सिस्टम



लुब्रिकेसन सिस्टम (Lubrication System)

  ईन्जिन चालु भएको अवस्थामा ईन्जिनको पूर्जाहरु एक आपसमा सम्बन्धित रहेर चलेको हुन्छ । जस्ले गर्दा ति पूर्जाहरुको बीचमा घर्षण बल उत्पन्न भई पूर्जाहरु खिईएर जाने तथा पूर्जाहरु बढि तातिने समस्या आउँदछ । त्यस्तो समस्या निराकरणका लागि ति पूर्जाहरुको बीचमा ओईल हालेर चिप्लो बनाउँने प्रणालीलाई लुब्रिकेटिङ्ग सिस्टम भनिन्छ । लुब्रिकेटिङ्ग सिस्टमले निम्न कार्यहरु सम्पन्न गरेकोे हुन्छ ।
. ईन्जिनको पूर्जाहरु चिप्ल्याउञने ।
२. ईन्जिनको पूर्जाहरु तातिन नदिने ।
३. ईन्जिनको आवाज नियन्त्रण -कम_ गर्ने ।
४. ईन्जिनको थर्काई नियन्त्रण गर्ने ।
५  ईन्जिनको पूजाहरुलाई सफा गर्ने ।
६. ईन्जिनको पूर्जाहरुमा खिया लाग्न नदिने ।

O{l
लुब्रिकेटिङ्ग सिस्टम
सवारी साधनहरुको ईन्जिनमा मुख्य गरि ४ किसिमबाट पूर्जाहरुलाई चिप्ल्याउञने कार्य गरि राखेको हुन्छ ।
१)पेटसोईल सिस्टम : ईन्जिनको पूर्जाहरुलाई चिप्ल्याउँन पेट्रोलमा नै ओईल मिसाउँने प्रबिधिलाइ्र्र पेटसोईल सिस्टम भनिन्छ । यो खास गरि 2 स्ट्रोक ईन्जिनमा प्रयोग गरिन्छ । पेट्रोलमा ओईल मिसाउँदा ठीक मात्रामा मिसाउँनु पर्दछ । यदि ओईलको मात्रा बढि भएमा धुवाँ धेरै फाल्ने, स्र्पाक प्लग चाँडै फोहर हुने, कमब्यूसन च्याम्बरमा धेरै कार्बन जम्मा हुने जस्ता समस्या आउँदछन् । यदि ओईलको मात्रा कम भएमा पूर्जाहरु राम्ररी चिप्लन नपाएर बढि तातिने वा खिईएर जाने समस्या आउँदछ । साधरणतय पेट्रोलमा ओईल मिसाउँदा ५० र १को अनुपातमा मिसाईन्छ अर्थात ५०लिटर पेट्रोलमा १लिटर ओईल मिसाईन्छ ।
२)स्प्लास सिस्टम  ः ईन्जिनको पूर्जाहरुमा ईन्जिन ओईल छ्यापेर चिप्लो बनाई राख्ने प्रणालीलाई स्प्लास सिस्टम भनिन्छ । ईन्जिनको पूर्जाहरुमा ईन्जिन ओईल छ्याप्नको लागि कनेक्टिङ्ग रडको बिग ईन्ड बियरिङ्गमा एउटा स्कोप स्पोन राखिएको हुन्छ । जसले ईन्जिन ओईललाई ईन्जिनको पूर्जाहरुमा सम्म छ्याप्छ ।
३)प्रेशर फिड सिस्टम :  ईन्जिनको दुई पूर्जाहरुको बिचको खाली भाग०.०१एम.एम. सम्म पनि हुन्छ । त्यस्तो ठाञउमा ईन्जिन ओईल प्रसारण गर्न ईन्जिन ओईललाई दवाब दिएर पठाउँनु पर्र्ने हुन्छ । त्यसको लागि ओईल पम्प प्रयोग गरिएको हुन्छ । आईल पम्प मार्फत ईन्जिन ओईललाई ईन्जिनको बिभिन्न पूर्जाहरु सम्म प्रसारण गराई चिप्लो बनाई राख्ने प्रणालीलाई प्रेशर फिड सिस्टम भनिन्छ ।
४)कमबाईन्ड स्प्लास एन्ड प्रेशर फिड सिस्टमः ईन्जिनको पूर्जाहरु मध्ये कुनै पूर्जाहरुलाई स्प्लास सिस्टमबाट र कुनै पूर्जाहरुलाई प्रेशर फिड सिस्टमबाट चिप्लो बनाई राख्ने प्रणालीलाई कमबाईन्ड स्प्लास एन्ड प्रेशर फिड सिस्टम  भनिन्छ । साथै मोटरसाईकलको ईन्जिनमा यहि प्रणाली अपनाएको हुन्छ । मोटरसाईकलको ईन्जिनमा बिग ईन्ड बियरिङ्ग र ईन्जिन हेडमा प्रेशर फिड सिस्टमबाट चिप्लो गराई राख्छ भने अन्य भागमा स्प्लास सिस्टमबाट चिप्लो बनार्ईएको हुन्छ ।
रिक्वाईरिमेन्ट अफ लुब्रिकेन्ट
१)भिस्कोसिटि ः ईन्जिन ओईलको बग्न सक्ने क्षमतालाई भिस्कोसिटि भनिन्छ । त्यसैले बढि भिस्कोसिटि भएको ओईल बाक्लो हुन्छ भने कम भिस्कोसिटि भएको ओईल पातलो हुन्छ । यसलाई S.A.E.(सोसाईटि अफ अटोमोबाईल ईन्जिनियर्स) ईकाई मा नापिन्छ । ईन्जिन चल्ने ठाँउको तापक्रम अनुसार ठीक भिस्कोसिटि भएको ओईल प्रयोग गर्नु पर्दछ । तलको चार्ट अनुसार ठीक भिस्कोसिटि भएको ओईल प्रयोग गर्नु पर्दछ ।
१०डिग्री देखि   ० डिग्री S.A.E १०
० डिग्री           देखि   १० डिग्री    S.A.E. २०
११ डिग्री     देखि २० डिग्री    S.A.E. ३०
२१ डिग्री     देखि ३० डिग्री    S.A.E. ४०
३० डिग्री     देखि बढि . S.A.E.  ५०


यी बाहेक मल्टि ग्रेड ईन्जिन ओईल पनि पाईन्छ । मल्टि ग्रेड ईन्जिन ओईलमा SAE ५W, SAE १०W, र  SAE २०W र ५०W,  लेखिएको हुन्छ ।
२)फिजिकल स्टाबिलिटि : ईन्जिनको कुनै पनि तापक्रममा ईन्जिन ओईलको भौतिक संरचनामा परिवर्तन हुनु हुदैन । जस्तै तातिएर वाष्पिकरण हुने वा चिसिएर जम्ने ।
३)केमिकल स्टाबिलिटि  : ईन्जिनको कुनै पनि तापक्रममा पनि ईन्जिन ओईलले ईन्जिनको पूर्जाहरुसंग रासायनिक प्रतिक्रिया गर्नु हुदैन ।
४)पोर पोईन्ट ः यो ईन्जिन ओईलको जम्ने बिन्दु हो । ईन्जिन ओईलको जम्ने बिन्दु ईन्जिनको न्यूनतम तापक्रम भन्दा तल हुनु पर्दछ ।

!_
6

No comments:

Post a Comment