सोनीले सबैभन्दा पातलो र हलुका ट्याब्लेट

ग्याजेटको क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा
केही समय पहिले वाटरप्रुफ मोबाइल सेट सार्वजनिक गरेको जापानी इलेक्टोनिक्स कम्पनी सोनीले अहिलेसम्मकै सबैभन्दा पातलो तथा हलुका ट्याब्लेट कम्प्युटर समेत उत्पादन गरेको छ । एप्पलको आइप्याड मिनी भन्दा पनि पातलो अर्थात् ६।८ मिलिमिटर पातलो रहेको एक्स पेरिया जेड नामको यो ट्याब्लेटको स्क्रिन भने केही ठूलो अर्थात् १०।१ इन्च छ ।

एन्ड्रोइडबाट चल्ने यो ट्याब्लेट आउँदो फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने विश्व मोबाइल कंग्रेसका बेला सार्वजनिक गरिनेछ । यो ट्याब्लेट ४९५ ग्राम वजनको हुनेछ । जुन यो साइजमा अहिलेसम्मकै हलुवा ट्याब्लेट हो । यसअघि तोसिबाको ट्याब्लेट सबैभन्दा हलुका ट्याब्लेटको रुपमा परिचित थियो । एल जी ले ५ इन्चको मोबाइल तथा ट्याब्लेटको ठिमाहा रुप फ्याब्लेट उत्पादन गरेको तथा सामसुङले ५ इन्चको ट्याब्लेट बनाउने खबर चलिरहेको बेला सोनीले निकै पातलो ट्याब्लेटको उत्पादन गरेको हो । सोनीको यो ट्याब्लेट वाटर प्रुफ तथा धूलो प्रतिरोधी समेत रहेको बताइएको छ ।

सोनीले केही दिन अघि सार्वजनिक गरेको वाटर प्रुफ मोबाइल र अहिले उत्पादन गरेको ट्याब्लेटलाई प्राविधिक रुपमा एकिकृत गरिएको र दुबैले सँगै काम गर्ने गरी डिजाइन गरिएको छ । एक बाट अर्कोमा डाटा स्थानान्तरण गर्ने विधि निकै अत्याधुनिक तथा सजिलो छ । वन टच सेयरिड भनिने यो प्रविधिको मद्धतले यी दुई ग्याजेट नजिकै ल्याएर हल्लाएपछि यिनीहरुको डाटा सेयरिङ एक्टिभेट हुन्छ र चाहेको डाटा सजिलै सेयर गर्न सकिन्छ ।

No comments:

Post a Comment